Skip

Hamro Sanchar

बिपक्षीको बहिष्कार कै बीच प्रतिनिधिसभाबाट पास भयो सरकारको नीति तथा कार्यक्रम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३१ गते


३१ बैशाख, काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारको आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसहित विपक्षी दलहरूले संसद बैठक अवरोध तथा बहिष्कार गरे पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रधानमन्त्रीले प्रश्नहरूको जवाफ दिनुपर्ने माग राखेर नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम स‌स्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसका सांसदले उठेर बैठक अवरोध गरेका थिए ।

यद्यपि, विपक्षी दलहरूको अवरोध र बहिष्कारबीच नीति तथा कार्यक्रम पारित भएको हो ।

यसअघि आजै बसेको राष्ट्रियसभाको बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको थियो ।


प्रतिकृया दिनुहोस्