Skip

Hamro Sanchar

किन गरे विपक्षी पाँच दलले गरे संसद बैठक बहिष्कार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३१ गते


Advertisement

३१ बैशाख, काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी पाँच दलले संसद बैठक बहिष्कार गरेका छन्।

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका विषयमाथि जवाफ दिन थालेपछि विपक्षीले संसद बहिष्कार गरेर हिँडेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरू नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।

विपक्षी दलहरूको विरोधकाबीच अर्थमन्त्रीले संसदमा सम्बोधन गरेका थिए।

विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै आएका छन्।

तर, प्रधानमन्त्री संसदमा नआएर आफ्नो तर्फबाट अर्थमन्त्रीलाई जवाफ दिन पठाएका हुन्। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलको अवरोधकै बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिन समय दिएका थिए ।


प्रतिकृया दिनुहोस्