Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीमाथि हर्क साम्पाङको टिप्पणी : आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३१ गते


Advertisement

३१ बैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अनुपस्थित प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले कडा टिप्पणी गरेका छन्।

आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा साम्पाङले भने, “आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। यहाँ प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने ठाउँमा अरूलाई पठाएर जिम्मेवारीबाट पन्छिन मिल्दैन।”

उनले देश बनाउने कुरामा स्पष्ट दृष्टिकोण र इमानदारीको अभाव खट्किएको बताउँदै थपे, “इमानदारी छैन भने हामी कर्तव्य पूरा गर्न सक्दैनौँ। जब हामी आफ्नो कर्तव्य पूरा गर्दैनौँ, तब अधिकारको दाबी गर्ने अवस्था पनि रहँदैन।”


प्रतिकृया दिनुहोस्