
३१ बैशाख, काठमाडौं । प्रतिपक्षी दल एमालेका सांसद पुष्पराज कँडेलले कर्मचारीहरूको तलब भत्ता वृद्धि गर्न माग गरेका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उनले तीनरतीन वर्षमा बढाउनुपर्ने तलब चार वर्षमा पनि नबढेको भन्दै तलबभत्ता बढाउन माग गरेका हुन् ।
कर्मचारीको तलब तीनरतीन वर्षमा बढाउने चलन विगतदेखि नै चल्दै आए पनि अहिले त्यो विषयमा नीति कार्यक्रम नबोलेको उनले बताए ।
उनले संविधानको मर्मअनुसार सरकारको नीति कार्यक्रम नआएको बताए । कँडेलले नीति कार्यक्रम गन्तव्य बेगरको जहाजजस्तो आएको बताए ।
नीति कार्यक्रममा भदौ २३ मा भएको जेनजी आन्दोलनको चर्चा भए पनि २४ मा भएको विध्वंसको विषय नआएको बताए ।













