Skip

Hamro Sanchar

कांग्रेसको चेतावनी : प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म विरोध जारी राख्छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३१ गते


३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संसदमा अनुपस्थित हुने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जारी राख्ने भएको छ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले सो कुराको जानकारी दिएका हुन् ।

उनले संविधानको धारा ७६ को उपधारा १० बमोजिम प्रधानमन्त्रीलाई संसदप्रति उत्तरादायी बनाउन खोजिएको बताए । प्रधानमन्त्रीसँग गम्भीर प्रश्नहरू सोध्न बाँकी रहेको उनले बताए ।


प्रतिकृया दिनुहोस्