Skip

Hamro Sanchar

आयल निगम कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजिनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३० गते


३० वैशाख, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।

भट्टले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको पुष्टि गरे ।

सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्