Skip

Hamro Sanchar

संसदमा विपक्षीको विरोध : बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३० गते


Advertisement

३० बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्ष दलका सांसदले विरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको थियो। तर, प्रधानमन्त्री शाह उपस्थित भएनन्।

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने कार्यसूची तय गरिएको थियो। तर, विपक्षी दलले भने प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेर विरोध जनाएका थिए।

विपक्षी दलले विरोध यथावत राखेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।


प्रतिकृया दिनुहोस्