
२९ बैशाख, काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलुले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापालाई अराजक जमाताको भीड भएको टिप्पणी गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले रास्वपाबारे गम्भीर टिप्पणी गरे । “राजनीतिक नेतृत्वका दृष्टिले रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारमा आधारित दल होइन । यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्त्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो,” उनले भने । उनले चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको टिप्पणी गरे ।
बादल बोलिरहँदा रास्वपाका सांसद मनिष खनाल उभिए । सभामुख डीपी अर्यालले उनलाई बस्न आग्रह गरे । र, बादललाई बोल्न दिए । बादलले नेपाली सेनामाथि पनि गम्भीर प्रश्न उठाए ।
बादल बोलिसकेपछि सांसद खनालले नियमापत्ति जनाए । उनले बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरे ।
“अमर्यादित र अशोभनीय कुरा रेकर्डमा राखेर जान सक्दैनौँ । रेकर्डबाट हटाइयोस्,” उनले भने













