Skip

Hamro Sanchar

कांग्रेसले भन्यो : संसद्मा प्रधानमन्त्रीको व्यवहार अमर्यादित र अशोभनीय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचा गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बाहिरिएको विषय अशोभनीय भनेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबार साझ फेसबुकमा उक्त कार्यप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

प्रधानमन्त्रीको कदमले संसदीय परम्परा , संवैधानिक मर्यादाको अवमूल्यन गरेको कांग्रेसको भनाइ छ ।

आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठकको अन्त्यसम्म उपस्थित हुन नचाहनु र अस्वाभाविक व्यवहार देखाउने शैलीले अप्रिय सन्देश दिएको छ, प्रवक्ता चालिसेले फेसबुकमा लेखेका छन्।

लोकतन्त्रमा वैचारिक मतभेद हुने भए पनि राज्यका अंगबीच पारस्परिक सम्मान र संसदीय संस्कार साथे संवैधानिक मर्यादाको ख्याल हुनुपर्ने कांग्रेसको भनाइ छ ।

 


प्रतिकृया दिनुहोस्