Skip

Hamro Sanchar

ओली भेट्न गुन्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी, के भयो छलफल ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २८ गते


२८ बैशाख, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन् ।

आइतबार (वैशाख २७) दिउँसो करिब १ बजे भक्तपुरको गुन्डुस्थित अध्यक्ष ओलीको निवासमा पुगेर पूर्वराष्ट्रपति भण्डारीले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, ओलीको स्वास्थ्य अवस्था, पार्टीभित्र देखिएको पछिल्लो विवाद र यसको निकासका निम्ति भण्डारीले आग्रह गरेकी थिइन् ।

गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामलगायत विषयमा पार्टीले समीक्षा बैठक राख्ने र नराख्नेबारे भण्डारीले चासो व्यक्त गरेको सचिवालयको भनाइ छ ।

भण्डारीको चासोमा ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै बैठक बस्ने जवाफ दिएका थिए ।

भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा गएको चैत १४ गते प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि परीक्षणका क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । सोही दिन उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

थप परीक्षणका क्रममा ओलीको पित्तथैलीमा समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो ।

पछिल्ला केही दिनयता ‘इनफेक्सन’ भएको भन्दै ओली निवासमै आराम गरिरहेका छन् । सर्वोच्च अदालतको आदेशबाट ओली २१ दिनपछि प्रहरी नियन्त्रणमुक्त भएका थिए ।


प्रतिकृया दिनुहोस्