Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुशीला लक्षित आशिकाको व्यंग्य : वास्तवमा उहाँ त ‘हजुरआमा’ समूहभित्र चाहिँ पर्नुहुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २७ गते


Advertisement

२७ बैशाख, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अभिव्यक्तिप्रति सांसद आशिका तामाङले व्यंग्य गरेकी छिन् ।

सुशीला कार्कीले एक पत्रकारले “आमा” भनेर सम्बोधन गरेपछि असन्तुष्टि जनाउँदै “बालेनको श्रीमतीलाई आमा भन्नु, मलाई आमा नभन्नु” भन्ने प्रतिक्रिया दिएकी थिइन्। त्यसै प्रसंगलाई लिएर सांसद तामाङले व्यंग्यात्मक टिप्पणी गरेकी हुन्।

आशिका तामाङले सामाजिक सञ्जालमा लेखेकी छन्, “सुशीला कार्कीज्यूले खासमा सही नै बोल्नुभएको हो। उहाँ ‘आमा’ समूहभित्र पर्नुहुन्न, वास्तवमा उहाँ त ‘हजुरआमा’ समूहभित्र चाहिँ पर्नुहुन्छ। धन्यवाद !”

तामाङको उक्त टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ।

केही प्रयोगकर्ताले यसलाई व्यंग्यात्मक राजनीतिक प्रतिक्रिया भन्दै समर्थन गरेका छन् भने कतिपयले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित व्यक्तिप्रति असम्मानजनक अभिव्यक्ति भएको भन्दै आलोचना गरेका छन्।

 

 


प्रतिकृया दिनुहोस्