
२४ बैशाख, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा (एमाले)का सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा छाड्न प्रहरीलाई आदेश दिएको छ ।
बिहीबार जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले महेशपत्नी अम्बिका र पक्राउ परेकी शर्मिला बस्नेतलाई जनही ५० हजार र अन्य आठजनालाई जनही २५ हजार धरौटीमा छाड्न आदेशमा भनेको छ । उनीहरूविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा दिएको जाहेरी अनुरुप सरकारी वकिलले मुद्दा चलाएको थियो ।
अदालतको आदेशअनुसार गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सविना केसी, कमला बस्नेत, निता खत्री जनही २५ हजार धरौटीमा छुट्ने भएका छन् ।












