Skip

Hamro Sanchar

आगामी बजेट भाषण प्रतिनिधिसभाको नयाँ हलमा गर्ने हुने !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २४ गते


२४ बैशाख, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाको नयाँ हलमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

संघीय संसदको वर्षे अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदै छ ।

बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक सिंंहदरबारस्थित बहुउद्देश्यीय हलमै बस्नेछ भने राष्ट्रियसभाको बैठक पनि यसअघि कृषि समिति रहेको हलमा नै बस्ने तय भएको छ ।

तर, बजेट भने प्रतिनिधिसभाको नयाँ हलमै प्रस्तुत गरिने सम्भावना रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।


प्रतिकृया दिनुहोस्