Skip

Hamro Sanchar

पूर्वमन्त्री कार्कीलगायतमाथि ३ अर्ब ६२ करोड भ्रष्टाचारको अभियोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २४ गते


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानास्थलमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ।

विमानास्थल निर्माणको भन्सार छुटमा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वमन्त्री कार्कीसहित तत्कालीन सचिव महेशश्वर न्यौपाने, सहसचिवलगायत १४ प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारले तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन पर्यटन सचिव न्यौपाने, अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव ९तत्कालीन सहसचिव० केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याललाई पनि सजायको माग गरेको छ ।


प्रतिकृया दिनुहोस्