Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले मागे पूर्वविशिष्टको सवारी सुविधाको विवरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २३ गते


२३ बैशाख, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारीसाधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

उक्त विवरण आजै उपलब्ध गराउन निर्देशन दिइएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सवारीसाधन प्रयोग गरेको वा फरकफरक निकायबाट दोहोरो सुविधा लिइरहेका तथ्य फेला पारेपछि गृहसँग विवरण माग गरिएको सचिवालयले जनाएको छ ।

निर्देशनमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण बुधबार कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको छ।


प्रतिकृया दिनुहोस्