
२३ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्ने भएको छ ।
आज दिउसो ३ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने गरी बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
सभापति गगनकुमार थापा पनि उपस्थित हुने उक्त बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई उपस्थिति हुन अनुरोध गरिएको दुलालले बताए ।
बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।













