Skip

Hamro Sanchar

राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै अधिवेशन आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २२ गते


२२ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् ।

यही वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि आजै मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

 


प्रतिकृया दिनुहोस्