Skip

Hamro Sanchar

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले गृहजिल्ला पुगेर अद्यावधिक गराए क्रियाशील सदस्यता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २१ गते



२१ बैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गृहजिल्ला पाँचथर पुगेर क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।

फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडा पुगेर उनले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गराएका हुन् ।

यही वैशाख महिनाभरि क्रियाशील सदस्यता अद्यावधिकका निम्ति समयसीमा तोकिएको छ । वैशाख १ गते पार्टी सभापति गगन थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै यो अभियान थालिएको थियो ।

कांग्रेसले ‘जरा अभियान’ नाम दिएर क्रियाशील सदस्यता अद्यावधिक गरिँदै छ । यसनिम्ति कांग्रेसले हरेक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।


प्रतिकृया दिनुहोस्