Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २० गते


Advertisement

२० बैशाख, काठमाडौं । शुक्रबार तोलामा ३४ सय बढेको सुनको मुल्य आज घटेको छ। चाँदीको भाउ भने आज पनि बढेको छ।

गएको शुक्रबार तोलामा तीन हजार चारसय रुपैयाँ बढेको सुनको मुल् आज तोलामा एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य घटेर आज सुनको मुल्य तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँमा झरेको छ। गत साताका तीन दिन लगातार घटेको सुनको भाउ शुक्रबार भने तोलामा ३४ सय रुपैयाँ बढेर २ लाख ९६ हजार १ सय रुपैयाँ थियो।

त्यसैगरी चाँदीको भाउ भने आज पनि बढेको छ। ६५ रुपैयाा बढेर चाँदीको भाउ आज तोलाको ५ हजार १० रुपैयाँ पुगेको छ।

गएको शुक्रबार तोलामा १३५ रुपैयाँ बढेर चाँदीको भाउ तोलाको ४ हजार ९४५ रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


प्रतिकृया दिनुहोस्