
१८ बैशाख, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाकि)सांसद रिमा विश्वकर्माको एक फेसबुक स्टाटस् अहिले भाइरल बनेको छ ।
जहाँ उनले एउटा घटनालाई लिएर आफ्नै सरकारलाई प्रस्न गरेकी छन् । भने अर्को स्टाटस्मा उनले सरकार भन्ने शब्द हटाएकि छन् ।
उनले जाहेरी दर्ता समेत नभएपछि जनताले न्याय कसरी पाउने सरकार रु भनेर लेखेको स्टाटसलाई परिमार्जन गरेकिछन् । यो विषयले अहिले सामाजिक सञ्जाल तातेको मात्रै छैन एउटा गम्भीर प्रस्न समेत उठाएको छ ।
जनताको गुनासो सरकारलाई सुनाउने ठाउँमा पुगेका प्रतिनिधिले आफ्नै सरकारसँग जायज कुराको प्रश्न सोध्न डाउनुले यहाँ प्रस्न उब्जाएको हो।
सिन्धुलीमा एक पिडित परिवारले किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरी र सिन्धुलि सरकारि वकिलको कार्यालयले जाहेरी लिन अस्वीकार गरेको विषयलाई लिएर उनले प्रश्न उठाएकि थिइन ।














