Skip

Hamro Sanchar

बालेन सरकारलाई प्रचण्डको आग्रह : श्रमिकमैत्री नीतिहरू सुनिश्चित गरियोस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १८ गते


१८ बैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेकानु सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

श्रमिक दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले नेपाली कम्युनिस्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदूर र सुकुम्वासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धनमा सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

‘यस महत्त्वपूर्ण घडीमा, नेपाली कम्युनिस्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदूर र सुकुम्बासीका हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव स्पष्ट र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछ । श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारलाई आग्रह गर्छु’, शुभकामना सन्देशमा उल्लेख छ ।

 


प्रतिकृया दिनुहोस्