Skip

Hamro Sanchar

तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १७ गते


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । बुधबार ९वैशाख १६० छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसअघिका दुई कारोबार दिनमा छापावाल सुन तोलामा क्रमशः तीनरतीन हजार रुपैयाँले घटेको थियो ।

चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेको छ । ग्राहकले एक तोला चाँदी खरिदका निम्ति चार हजार ८१० रुपैयाँ खर्च गर्नुपर्ने महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला चार हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्