
१४ बैशाख, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











