Skip

Hamro Sanchar

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किन बेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ६ गते


६ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा १२ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार, आइतबारको भाउ तीन लाख एक हजार रुपैयाँ छ ।

यसअघिको कारोबार दिन शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

चाँदी भने तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ कायम भएको छ । शुक्रबार पाँच हजार १३० मा कारोबार भएको थियो।


प्रतिकृया दिनुहोस्