Skip

Hamro Sanchar

सुनको मूल्य तोलामै ३ हजार रुपैयाँले घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ४ गते


३ बैशाख, काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन हजार रुपैयाँले घटेर दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मूल्य तीन हजार रुपैयाँले घटेर दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १२० रुपैयाँले घटेर प्रतितोला ५१३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५७ हजार ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४३९८ रुपैयाँ कायम भएको छ ।

 


प्रतिकृया दिनुहोस्