Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मलाई कुनै डर छैन, सबै सम्पत्ति इमानदार मेहनतको कमाइ हो, : शिक्षामन्त्री पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १ गते


Advertisement

१ बैशाख, काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले आफूले सम्पत्ति विवरण सार्वजनिक गर्दा पारदर्शिताको अभ्यास गरेको बताएका छन् । आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणबारे चौतर्फि आलोचना भएपछि गएराति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो स्पष्टिकरण दिएका हुन् ।

मन्त्री पोखरेलले भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र पारदर्शिता नै भएको बताउँदै त्यसप्रति आफ्नो दृढ विश्वास रहेको बताएका छन् । उनले सोही मान्यता अनुसार आफूले सम्पत्ति विवरण यथासम्भव पूर्ण रूपमा पारदर्शी बनाउने प्रयास गरेको दाबी समेत गरेका छन् ।

मन्त्री पोखरेलले भनेका छन्– ‘मैले केवल आफ्नो व्यक्तिगत सम्पत्ति मात्र होइन, बुवा, आमा तथा मामाघर ९मावली० पक्षसम्मका सम्पत्तिहरू समेत खुलाएर प्रस्तुत गरेको छु। मेरो मात्र होइन, बुवाको सवारीसाधनसमेत उल्लेख गरेको छु। प्राविधिक रूपमा हेर्दा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पर्याप्त हुन्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको हुँ।’

मन्त्री पोखरेलले यी सम्पूर्ण सम्पत्ति आफ्नो परिवारको इमानदार मेहनतको कमाइ भएको दाबी गर्दै आफूलाई कुनै डर नभएको समेत बताएका छन् । काठमाडौँको जग्गा खरिदको विषयमा पनि उनले पारदर्शितालाई ध्यानमा राख्दै हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरेको बताए ।


प्रतिकृया दिनुहोस्