Skip

Hamro Sanchar

गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो : गृहमन्त्री गुरुङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ३० गते


३० चैत, काठमाडौं । सम्पत्ति सार्वजनिक गरेपछि चौतर्फि आलोचना भएपछि गृहमन्त्री सुदन गुरुङले त्यसको जवाफ दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा उनले आफ्नो धारणा भनाइ सार्वजनिक गरेका हुन् । गुरुङले गरिब जन्मिनु गल्ती नभए पनि गरिब नै भएर मर्नु चाहिँ गल्ती हुने बताएका छन् ।

उनले लेखेका छन् ‘तिमी जन्मिँदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब नै मर्नु त्यो तिम्रो गल्ती हो’, चेतावनीको शैलीमा उनी भन्छन्, ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन। सरकारमाा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो । चेतना भया १ ’

उनले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा गोरखामै हदबन्दीभन्दा धेरै जग्गा पाइएको छ। गुरुङको नाममा धनकुटामा मात्रै १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ।

उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । तर उनले कमाएको स्रोत खुलाउन सकेका छैनन्। गृहमन्त्री गुरुङको बुवा दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर-१८ गुञ्जनगरमा ३० कठ्ठा जग्गा छ ।

उता बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ । जबकि पहाडमा ८० रोपनी भन्दा धेरै जग्गा राखेमा हदबन्दी लाग्ने नियम छ।

 


प्रतिकृया दिनुहोस्