Skip

Hamro Sanchar

गोकुल बास्कोटाको टिप्पणी : देश लंका बनिसकेछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ३० गते


३० चैत, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले देश लंका बनिसकेको भन्दै व्यग्य गरेका छन्।

प्रधानमन्त्री बालने शाह र, मन्त्रीहरूले सुनका गरगहनासहितको सम्पत्ति विवरण सार्वजनिक गरेपछि उनले गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेको भन्दै टिप्पणी गरेका हुन्।

उनले लेमेका छन् ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाइलो भयो। देश लंका बनिसकेछ। डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ,’ । सम्वृद्धि आइसकेको र सुशासन त्यहीँबाट आरम्भ हुने उनको कटाक्ष छ।

‘म झनै खुसी किन कि जहाँ कंगाल त्यहीँ चाण्डाल भन्थे, त्यो दुर भएछ। झिक्कै झिक्कै मया तम्लाई,’ उनले प्रधानमन्त्री बालेनकै शैलीमा टिप्पणी गरेका छन्।


प्रतिकृया दिनुहोस्