Skip

Hamro Sanchar

विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन : नेकपा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २८ गते


२८ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सरकारले आफ्ना १ सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो । उक्त निर्णयप्रति राजनीतिक दलका संगठनहरूले आपत्ति जनाउँदै आएका छन्।

यसैबीच नेकपाले पनि यो विषय बेठिक भएको बताउँदै यसले जनता र ट्रेड युनियनको अधिकारलाई कुण्ठित गरेको निष्कर्ष निकालेको छ ।

जनसंगठनहरू खासगरी युवा विद्यार्थी लगायतका विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने कुरा र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो,’ बैठकको निष्कर्षबारे जानकारी गराउँदै नेता खतिवडाले भने, ‘यसले जनता र टे«ेड युनियनको अधिकारलाई कुण्ठित गरेको छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । यसको विपक्षमा हामी उभिनेछौं भन्ने पार्टीले निष्कर्ष निकालेको छ ।’

उनका अनुसार, केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यतिबेलै सार्वजनिक हुने उनले बताए ।


प्रतिकृया दिनुहोस्