Skip

Hamro Sanchar

रविलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, स्वार्थका लागि मिले : शंकर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २८ गते


२८ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहलाई लिएर गम्भीर आरोप लगाएका छन् ।

नेकपा एमाले सम्पर्क विशेष सङ्गठन कमिटीद्वारा आयोजित कार्यक्रममा पोखरेलले रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान रहेको दाबी गर्दै चुनावमा स्वार्थका लागि मिलेको टिप्पणी गरेका छन् ।

लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गर्दै पोखरेलले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा समेत गरेका छन् ।

नयाँ शक्तिहरू रवि–बालेन्द्रबिचको आन्तरिक द्वन्द्वलाई सङ्केत गर्दै विचार नमिल्नेहरूबिच स्वार्थको टकराब आउनासाथ विग्रह हुने बताए ।

उनले नयाँ भनिएकाहरूले लोकतन्त्रका स्पेसहरू खुम्च्याउन खोजेको, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै त्यसको आलोचना समेत गरेका छन् ।


प्रतिकृया दिनुहोस्