Skip

Hamro Sanchar

सागर ढकाल लेख्छन् : जब देशभरका लाखौँ रुबीहरू उठ्छन्, देश जुरुक्क उठ्नेछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २८ गते


२८ चैत, काठमाडौं । प्रतिनिधिसभाका सांसद सागर ढकालले विश्वकै कान्छी रुबी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित भएपछि सम्पुर्ण नेपालीलाई बधाइ दिएका छन् ।

सामाजि सञ्जाल फेसबुकमा ढकालले लेखेका छन् ”हामी सबैलाई धेरै-धेरै बधाई, नेपालको मात्र होइन संभवत विश्वकै सबैभन्दा कान्छो युवा उप-सभामुख हामीले पाएका छौँ ! जेन जीको बलिदानले अर्को न्याय पाएको छ।”

ढकालले आज एक जना रुबी उठेको बताउँदै मधेश, कर्णाली र सुदूरपश्चिमका लाखौँ रुबीहरू उठ्नादिन देश पनि जुरुक्क उठ्ने जिकिर गरेका छन् ।

हजुरको जस्तो परिवार र ठाउँ उठाउनको लागि नै हामी आएका हौँ भन्दै उनले अगाडी लेख्छन् ”हर्क साम्पाङ ज्यूलाई पनि धेरै धेरै धन्यवाद, रुवि जस्तो यो देशको नारिलाई संसदमा ल्याउनु भएकोमा।”

अहिले जस्तो ५ बर्ष पछि पनि त्यस्तै नै रहनु सुझाव दिँदै रुवीलाई देश परिवर्तन भयो भने मात्र परिवर्तन हुन सुझाएका छन् ।

उनले लेखेका छन् ”सम्माननीय उप सभामुख रुबी ज्यू, हजुरको सत्य कथा थाहा पाएँ, साह्रै नै मन छोयो। यो देशको वास्तविक अनुहार हेर्न हजुरको परिवार र गाउँलाई हेरे पुग्ने रहेछ। हजुरको जस्तो परिवारहरुलाई हामीले जहिले उठाउनेछौँ, त्यही दिन नेपाल उठ्नेछ।”

 


प्रतिकृया दिनुहोस्