Skip

Hamro Sanchar

उपसभामुखको निर्वाचन आज, रुबी र सरस्वती प्रतिस्पर्धामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २७ गते


२७ चैत, काठमाडौं । उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा उम्मेदवार छन् । उनीहरु दुवै समानुपातिक सांसद हुन् ।

२५ वर्षीया ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको छ । प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेकाले उसको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।


प्रतिकृया दिनुहोस्