Skip

Hamro Sanchar

सुन तस्कर अभियोगमा महराविरुद्ध भ्रस्टाचार मुद्दा, ७ करोड ७८ लाख बिगो माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २६ गते


काठमाडौं । अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ७  करोड ७८ लाख विगो माग दाबी गरेको छ ।

नेकपाका नेता समेत रहेका महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको थियो।

चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।


प्रतिकृया दिनुहोस्