Skip

Hamro Sanchar

श्रममन्त्री दिपक साह दुई सातामै पदमुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २६ गते


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह दुई सातामै हटाइएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री साहलाई आज पदबाट हटाएका हुन्। श्रममन्त्रीलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सिफारिसमा प्रधानमन्त्री शाहले पदमुक्त गरेको जनाइएको छ। उनी चैत १३ गते मन्त्री नियुक्त भएका थिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा साह महोत्तरी-२ बाट सांसद निर्वाचित भएका हुन्। केही दिनअघि उनलाई मन्त्रिपरिषद्को वरियताक्रममा पनि पुछारमा झारिएको थियो।

मन्त्री भएसँगै उनी विवादमा तानिएका थिए। पछिल्लो पटक उनकी पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बिमा बोर्डको बैठकमा गएपछि आलोचना भएको थियो। त्यसै प्रकरणलाई लिएर रास्वपाले पदमुक्त गर्न सिफारिश गरेको थियो।


प्रतिकृया दिनुहोस्