
२६ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र रमेश लेखक हाजिरी जमानिमा रिहा भएको विषयलाई लिएर टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै पोखरेलले पुर्व प्रधानमन्त्री समेत रहेका ओली र पुर्व गृहमन्त्री लेखक उक्राउको औचित्य पुष्टि गर्न नसके पछि हाजिरी जमानीको सहारा लिनु परेको भन्दै कटाक्ष गरेका हुन् ।
गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही र अपूर्ण प्रतिवेदनको आधारमा पक्राउ गरिएको भएपनि १० बित्दासमेत कुनै औचित्य पुष्टि हुन उनले बताए ।
उनले लेखेका छन् कार्की आयोगको प्रतिसोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनु पर्य-यसले धेरै प्रश्न उठाएको छ।
नेता पोखरेललरे ओली र लेखकलाई राजनीतिक प्रतिशोध राखेर बालेन नेतृत्वको सरकारले पक्राउ गरेको समेत दाबी गरेका छन् ।














