Skip

Hamro Sanchar

रिहा हुँदै पुर्व प्रधानमन्त्री ओली र पुर्व गृहमन्त्री लेखक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २६ गते


२६ चैत, काठमाडौं । प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री, रमेश लेखक रिहा हुने भएका छन् । सर्वोच्चको आदेशअनुसार आज छोड्न लागिएको स्रोतले बताएको छ।

जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको थियो । तर मुद्दा दायर गर्ने आधार र प्रमाण पर्याप्त नभएकाले छोड्न लागिएको महान्यायाधीवक्ता कार्यालय स्रोतले बतायो ।

सर्वोच्चले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा छोड्न आदेश दिएको थियो । प्रहरी र महान्यायाधीवक्ता कार्यालयबीच मुद्दा दायर नगर्ने सहमति जुटेको जनाइएको छ ।


प्रतिकृया दिनुहोस्