Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उपसभामुखको निर्वाचन चैत २७ मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २५ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुखका लागि चैत २७ गते निर्वाचन हुने भएको छ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचनको मिति तोकेका हुन्। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ८ उपनियम २ बमाजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरिएको अर्यालले बताए।

संघीय संसद् सचिवालयले आजै निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने भएको छ। सभामुख अर्यालले निर्वाचनको कार्यतालिकाको सूचना प्रकाशित गर्न प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् ।


प्रतिकृया दिनुहोस्