Skip

Hamro Sanchar

हङकङमा रहेका देउवा दम्पत्ती विरुद्ध रेड नोटिस जारी गरिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २५ गते


Advertisement

२५ चैत, काठमाडमौं । पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढेको छ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट मंगलबार पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले त्यसको तयारी गरेको हो।

सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार देउवा दम्पतीविरुद्ध न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ अनुमति दिएको हो। देउवा दम्पत्ति हाल हङकङमा छन्।

उपचारका लागि सुरुमा सिंगापुर गएका देउवा र सुरुमा दिल्ली पुगेकी आरजु त्यसपछि हङकङ गएका थिए।

भदौ २४ गते जेनजी आन्दोलनको बेला उनीहरुको घरमा नगद जलेको थियो। ठूलो मात्रामा गरगहना पनि फेला परेको थियो। यी विषयमा जेनजी आन्दोलनलगत्तै विभागले अनुसन्धान अगाडि बढाएको थियो।


प्रतिकृया दिनुहोस्