Skip

Hamro Sanchar

एकैदिन तोलामा ७ हजार २ सयले बढ्यो सुन, कतिमा हुन्छ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २५ गते


काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्नुपर्दा दुई लाख ९९ हजार रुपैयाँ खर्चिनुपर्नेछ ।

हिजो दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यस दिन तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ८२० रुपैयाँ रहेको थियो ।


प्रतिकृया दिनुहोस्