Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इरानी जनतालाई सम्मान व्यक्त गर्दै शंकर पोख्रेल लेख्छन्  : नेपाली जनताले पनि पाठ सिकेको हुनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २५ गते


Advertisement

काठमाडौं । नेकपा )एमाले)का महासचिव शंकर पोखरेलले युद्धको समयमा इरानी जनताले देखाएको साहासको सम्मान गरेका छन् ।

उनले युद्धको कठिन घडीमा इरानी जनताले देखाएको निर्भीकताले ‘मानवता अझै पनि जीवित छ’ भन्ने देखिएको उल्लेख गर्दै इरानी जनतालाई सम्मान गरेका हुन् ।

‘सूचना र प्रविधिको उन्नत युगमा पनि कुनै सभ्यतालाई ढुङ्गे युगमा फर्काउने धम्की दिइनु मानव सभ्यतामाथिको नाङ्गो व्यङ्ग्य थियो । यस्तो अवस्थामा कतिपय शासकहरूको मौनता लाजमर्दो देखिन्छ भने मानवता नै निरीह बनेको अनुभूति पीडाजनक स्थिति बन्यो’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, यस्तै कठिन घडीमा आफ्नो देशको पक्षमा निर्भयतापूर्वक उभिएका इरानी जनतालाई देख्दा मानवता अझै जीवित छ भन्ने विश्वास जाग्छ ।’

साथै, उनले आफ्नो नेतृत्वमाथि खबरदारी गरेर अमेरिकी जनताले पनि भविष्यप्रतिको आशा जगाएको उल्लेख गरेका छन् । र, उनले अगाडि लेखेका छन्, ‘इरानी जनताको देश भक्तिबाट नेपाली जनले पनि पाठ सिकेकै हुनु पर्छ ।’

अमेरिका र इरानबीच अस्थायी युद्धविराम भएको उनले खुसी व्यक्त गरेका छन् । यो युद्धविराम स्थायी शान्तिमा रूपान्तरणको कामनासमेत उनले गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘हामी सबैले सामाजिक सञ्जालमार्फत शान्ति, संवाद र सहअस्तित्वको पक्षमा सशक्त आवाज उठाऔँ । हिंसा मानवताको शत्रु हो, शान्ति नै हाम्रो साझा भविष्य हो ।’


प्रतिकृया दिनुहोस्