Skip

Hamro Sanchar

मध्यरातमा काठमाडौंमा प्रहरीले चलायो गोली, दुई लागुऔषध कारोबारीलाई पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २४ गते


काठमाडौं । प्रहरीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएको छ ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गएराति गोली चलाएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले सोमबार (चैत २३) बेलुका रूपन्देहीको रोहिणी गाउँपालिका–४ मा गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।


प्रतिकृया दिनुहोस्