Skip

Hamro Sanchar

गृहमन्त्री गुरुङलाइ हर्क साम्पाङको सुझाव  : फेवाताल जग्गाबारे स्पष्ट पार्नु नत्र जनताले विश्वास गर्दैनन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २३ गते


Advertisement

२३ चैत, काठमाडौं । नवनिर्वाचित सांसद हर्क साम्पाङले फेवाताल जग्गाबारे स्पष्ट पार्न गृहमत्री सुदन गुरुङसँग माग गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस् राख्दै श्रम संस्कृत पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले गृहमन्त्री गुरुङको पोखराको फेवातालमा २० रोपनि जग्गा रहेकक भन्ने कुराले सामाजिक सञ्जाल तात्दा नमजा लागेको भन्दै तुरुन्तै पत्रकार सम्मेलन राखेर यो विषयमा स्पष्ट पार्न सुझाव दिएका हुन् ।

जेनजी आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्राउ गर्नुका साथै गलत काम गर्नेहरुको लिस्ट बनाएर कारवाही गर्दै आएको प्रति गृहमन्त्री गुरुङलाई धन्यवाद व्यक्त गर्दै यस्तो सुझाव दिएका हुन् ।

अघि बढ्न शुभकामना दिँदै उनले आफुले सदनमा उठाएका जेनजी आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारवाही र जीबी राईलाई पक्रेर रवी लामिछानेलाई न्याय दिने दुइटा मुद्दा नबिर्सन समेत सुझाएका छन् ।

उनले अगाडी लेखेका छन् अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ ! खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! नैतिकताको सवाल खडा भयो ! अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् ! तपाइँलाई मान्दैनन् ! प्रहरीले पनि टेर्न छाड्छन् ।


प्रतिकृया दिनुहोस्