
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झक्कु सुवेदीलाई राष्ट्रिय सभामा संसदीय दलको नेता तोकेको छ।
नेकपाका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई दलको नेता तोकेको हुन्।
यसअघि दलको नेता नारायणकाजी श्रेष्ठ थिए। ६ वर्षेको कार्यकाल सकिनु अघि नै उनले पदबाट राजीनामा दिएर सर्लाहीबाट प्रतिनिधि सभाको चुनाव लडेका थिए।
झक्कु सुवेदी पहिलो संविधान सभामा तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई पराजीत गरेर सांसद निर्वाचित भएका थिए।
त्यसयता उनी संसदमा थिएनन्। पछिल्लो पटक उनी राष्ट्रिय सभाको सांसद पदमा विजयी भएका थिए।














