Skip

Hamro Sanchar

प्रधानमन्त्रीले गभर्नरलाई भने : नडराई स्वतन्त्र भएर काम गर्नू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १७ गते


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गभर्नर डा. विश्वनाथ पौडेललाई स्वतन्त्र रुपमा नडराई काम गर्न भनेका छन्।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार सोमबार प्रधानमन्त्री र गभर्नरबीच भेटवार्ता भएको थियो।

भेटमा देशको आर्थिक अवस्था सुधारका बारेमा कुराकानी भएको थियो। सम्पत्ति शुद्धीकरण नियन्त्रणमा कडा कदच चाल्न प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई भनेका थिए।

आर्थिक विकासमा राष्ट्र बैंकका सुझावहरु चाहेको प्रधानमन्त्रीले गभर्नरलाई सुनाएका थिए। त्यसैगरी इरान द्वन्द्वले नेपालको अर्थतन्त्रमा पार्न सक्ने असर अध्ययन गरी सोही अनुसार तयार रहन प्रधानमन्त्रीको आग्रह थियो।

गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान पार्ने, सार्वजनिक वित्त सुधारलगायतबारे समाधानका उपायहरु सुनाएका थिए ।


प्रतिकृया दिनुहोस्