Skip

Hamro Sanchar

एकैदिन ६ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १७ गते


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ६७ सय रुपैयाँले बढेको हो ।

आजका लागि प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर चार हजार ८४५ रुपैयाँ पुगेको छ ।

हिजो चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्