Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लगातार बढ्दै आएको सुनको मूल्य आज पनि बढ्यो, चाँदीको घटयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १२ गते


Advertisement

काठमाडौं । विगत केही दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य आज पनि बढेको छ। तर, चाँदी भने आज सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँ बढेको हो।

मूल्य बढेर सुन आज तोलाको ३ लाख १४ हजार आठसय रुपैयाँ पुगेको छ। गएको आइतबारदेखि सुनको मूल्य लगातार बढ्दै आएको छ।

आइतबार सुनको भाउ तोलामा ५६ सय रुपैयाँ बढेको थियो भने सोमबार ३२ सय बढेको थियो। हिजो सुनको भाउ तोलाको तीन लाख १३ हजार पाँचसय रुपैयाँ थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ। चाँदीको भाउआज तोलाको पाँच हजार पाँचसय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।


प्रतिकृया दिनुहोस्