Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि भन्छन् : आगामी चुनावबाट देशले सक्षम नेतृत्व पाउछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २८ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने बताएका छन्।

आज पोखरामा आयोजित रास्वपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि मुलुकले सक्षम नेतृत्व पाउने बताएका हुन्।

त्यसका लागि रास्वपाले प्रधानमन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाहलाई अघि सारेको उनको भनाइ थियो।

सभापति लामिछानेले सुशासनको एजेन्डासहित निर्वाचनमा होमिएको बताउँदै अघिल्लो निर्वाचनको तुलनामा बढी सिट जितेर संसद्मा पुग्ने दाबी गरे।

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशादिर्नेशन गर्ने बताए।

सुशासन र समृद्धिसहित देशभित्रै रोजगारी सिर्जना गर्न सके युवाको विदेश पलायनलाई रोक्न सकिने सभापति लामिछानेको भनाइ थियो ।


प्रतिकृया दिनुहोस्