Skip

Hamro Sanchar

ईश्वर पोखरेल भन्छन् : घोषणापत्रमा कुन बेला के गर्ने किटान गर्छौैं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २१ गते


काठमाडौं । नेकपा ९एमाले० का नेता तथा काठमाडौंं निर्वाचन क्षेत्र नम्बर ५ का उमेदवार ईश्वर पोखरेलले चुनावी घोषणापत्र छिटै सार्वजनिक हुने बताएका छन् ।

बुधबार प्रेस चौतारीले काठमाडौंमा आयोजना गरेको उपत्यकाका १५ उमेदवारहरूसँगको छलफल कार्यक्रममा उनले घोषणापत्रमा राष्ट्रियहित, स्वतन्त्रता, स्वाभिमनाका मुद्दा समावेश हुने बताए ।

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको र त्यसको मुद्दा घोषणापत्रमा समावेश हुने उनले सुनाए । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला गरेका विकासको काम, सुशासनका कुरा घोषणापत्रमा समावेश हुने उनको भनाइ छ ।

उनले घोषणापत्रमा कतिबेला के काम गर्ने भन्ने किटान गरिने बताए । “यसपटकको घोषणामा हामी पृथक ढंगले प्रस्तुत भएको पाउनुहुनेछ । हामी निश्चित मुद्दामा टाइम बाउन्ड वर्किङ क्यालेन्डरका साथ प्रस्तुत हुन्छौँ,” उनले भने, “हामी कुन काम कतिबेला कसरी गर्छौं भन्नेबारेमा किटान गरेर आउनेछौँ ।”

उनले जेनजीले उठाएका माग अनुचित नभएको बताए । उनले बाहिरी षड्यन्त्र चिर्न पार्टी भित्री रूपमा मजबुत हुनुपर्ने धारणा राखे ।


प्रतिकृया दिनुहोस्