Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सिराहामा गोली हानी एक जनाको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १६ गते


Advertisement

काठमाडौं । सिराहामा गोली हानी एक जनाको हत्या गरिएको छ।

शुक्रबार दिउँसो सिराहा नगरपालिका-१ का ४१ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भएको हो। सिराहा-७ स्थित आफ्नै खेतमा काम गरिरहेको वेला गोली प्रहार भएको हो।

गोली प्रहारबाट एक जना घाइते भएको खबर पाउने वितिक्कै जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख प्रहरी उपरीक्षक (एसपि)वासुदेव पाठकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली पुग्दा यादवको मृत्यु भइसकेको एसपी पाठकले बताए।

हुलाकी राजमार्गबाट करिब एक किलोमिटर उत्तरमा गोली प्रहार भएको हो। गोली प्रहार गर्ने व्यक्तिको पहिचान भएको छैन।

घटना अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ। गोली हान्ने व्यक्तिको खोजी भइरहेको एसपी पाठकले बताए ।


प्रतिकृया दिनुहोस्