Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युट्युबमा ‘ऊनको स्वीटर’ लाई ७० लाखले हेरे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १६ गते


Advertisement

काठमाडौं । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको सुपहिट चलचित्र ‘ऊनको स्वीटर’ अब युट्युबमा सार्वजनिक भएको छ।

गत वैशाख २६ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र युट्युबमा सार्वजनिक भएको आज शुक्रबार सात दिन पुरा भएको छ। चलचित्रलाई सात दिनमा ७० लाखले हेरिसकेका छन्।

यो चलचित्र आर्टमाण्डुको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ। नेपालसहित विभिन्न देशमा प्रदर्शनमा आएको चलचित्रले दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको थियो। नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कमाउँदै चलचित्रले ५१ दिनभन्दा लामो समय प्रदर्शन भएको थियो। हालै भारतमा समेत गौरवमय ५१ दिन मनाएको थियो।

ऊनको स्वीटरमा विपिन र मिरूनासहित सुनील पोखरेल, माओत्से गुरूङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, शारदा देवी सिलवाल, मेनुका प्रधानलगायत कलाकारको अभिनय छ ।


प्रतिकृया दिनुहोस्